बैंकमा नगद काउन्टरबाहेकका काम ठप्प, ‘बैंकिङ आवर’ घटाइँदै

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

काठमाडौ। कोरोनाको कारण जनजीवन लगभग ठप्प भएपछि बैंकिङ कारोबार पनि प्रभावित भएको छ। अहिले बैंकमा निक्षेपको कारोबारबाहेक अन्य बैंकिङ सेवा लगभग ठप्प जस्तो भएको छ।

अध्यक्ष भुवन दाहालका अनुसार, अहिले नेपालबाट भारत उपचारका लागि जानेहरु छिटपुट आउने गरेका छन्। उनीहरुले भारुका लागि कार्ड बनाउने वा उपचारका लागि आवश्यक विनिमय सुविधा लिइरहेका छन्।’आन्तरिक रुपमा पैसा पठाउनेहरु पनि छन्। छिटपुट रुपमा प्रतितपत्र खुलेको छ’ उनले भने, ‘तर त्यो निक्कै कम छ।’

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बीचमा बन्द भएको चीनसँगको कारोबार अहिले खुलेको बताए। ‘अहिले त्यहाँ एलसी खोल्ने क्रम बढेको छ’ उनले भने। बैंकरका अनुसार, पहिले खुलेका एलसीको सामान आउन भने प्रभावित भएको छ। कोरोनाका कारण आयात निर्यात ब्यापार पनि प्रभावित भएकाले सामान ल्याउन समस्या भइरहेको छ।

‘अहिले ऋण ब्यापार निक्कै सुस्त छ। आन्तरिक पनि घटेको छ’ ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी पर्शुराम कुँवर क्षेत्रीले भने, ‘बाह्य ब्यापार पनि घटेकाले एलसी नगन्य छ।’

नगदबाहेक अन्य कारोबार नै घटेपछि ‘बैंकिङ आवर’ घट्ने भएको छ। खासखास ठाउँमा नगद काउन्टर राखेर सेवा दिन बिषयमा छलफल चिरहेको छ। ‘हामी सम्पूर्ण बैंकिङ सेवा दिन तयार छौं। यो कहिले पनि रोकिँदैन’ दाहालले भने, ‘तर ग्राहक र कर्मचारी सुरक्षाका लागि बैंकिङ आवर छोट्याउन सम्बन्धित बैंकहरु स्वतन्त्र छन्।’

यो पनि पढ्नुहोस  स्वास्थ्य सामग्री खरिदका लागि सेनाले गर्‍यो पाँच देशलाई पत्राचार

बैंकर्स संघ अन्तर्गत रहेका सदस्य बैंकका जनशक्ति ब्यवस्थापन विभाग र सञ्चालन विभागका प्रमुखहरुबीच आइतबार छलफल हुने छ। छलफलमा कसरी अगाडि जाने भन्ने निर्णय हुने छ। त्यसपछि संघले सबैको राय लिएर सुझावपत्र तयार पार्ने छ।

कोरोना प्रकोपका कारण अहिले चेकको कारोबार औषतभन्दा बढि देखिएको एनसीएचएलले जनाएको छ। औषतमा दैनिक ५३ हजार चेक कारोबार हुने गरेकोमा अहिले त्यो बढेको प्रमुख कार्यकारी निलेशमान सिंह प्रधानले जानकारी दिए।

कोरोनाका कारण बैंक तथा वित्तीय संस्थाहरुले साधारणसभा, जागिरको अन्तर्बार्तासमेत स्थागित गर्न थालेका छन्। सहयोगी विकास बैंकले चैत १० गतेका लागि डाकिएको साधारणसभा स्थगित गरेको छ। २५ जनाभन्दा बढि भेला हुनु पर्ने भएकाले साधारणसभा स्थगित गर्नु परेको बैंकले उल्लेख गरेको छ।

यसैगरी मर्जर तथा प्राप्तिको प्रस्ताव अनुमोदनका लागि सिटिजन्स बैंकले डाकेको विशेष साधारणसभा पनि आइतबार सुचना जारी गरेर स्थगित गरिएको छ। बैंकले चैत १० गतेका लागि साधारणसभा डाकेको थियो। सेञ्चुरी कमर्सीयल बैंकले पनि साधारणसभा स्थगित गरेको छ।

राष्ट्रिय बाणिज्य बैंकले चैत १० गतेदेखि जागिरको अन्तर्वार्ता लिने कार्यक्रम स्थगित गरेको छ। यसैगरी नागरिक लगानी कोषको वाह्य कारोबार पनि बन्द भएको छ।

यो पनि पढ्नुहोस  आज सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस