कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाघ्यो, इटालीमा २४ घण्टामै ७९३ काे मृत्यु

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

एजेन्सी । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार ३ पुगेको छ ।

अहिलेसम्म विश्वभर ३ लाख ४ हजार ९९९ जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमण देखिएकामध्ये ९४ हजार ७९३ उपचारपछि घर फर्किएका छन् । अहिले १ लाख ९७ हजार २०३ जना कोरोना संक्रमित छन् । तीमध्ये ९ हजार ३८२ जना भने गम्भीर अवस्थामा छन् ।

काेराेना भाइरसबाट इटालीमा सबैभन्दा धेरैकाे मृत्यु भएकाे छ । काेराेनाकाे उद्गम स्थल चीन भए तापनि चीनमा भन्दा इटालीमा १ हजार ५७० जना बढीले काेराेनाकाे संक्रमणबाट ज्यान गुमाएका छन् ।

वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार अहिले इटालीमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ८२५ पुगेको छ भने चीनमा ३ हजार २५५ रहेको छ । अहिले काेराेनाबाट संक्रमितकाे संख्या पनि इटालीमै बढी छ । चीनमा अहिले ६ हजार १३ जनामा मात्रै काेराेनाकाे संक्रमण छ भने इटालीमा ४२ हजार ६४१ जना काेराेनाबाट संक्रमित छन् ।

पछिल्लो २४ घण्टामै इटालीमा ७९३ जनाको मृत्यु भएको छ भने ६ हजार ५५७ जना नयाँ संक्रमित भेटिएका छन् । केही दिनयता इटालीमा प्रत्येक दिन कोरोना भाइरसबाट मर्नेको संख्या तीव्र गतिमा बढिरहेको छ ।

यो पनि पढ्नुहोस  नेपाल कोरोनाबाट सुरक्षित भएको भन्दै भारतीय धार्मिक पर्यटक, महोत्सव मनाउन नेपालमा

इटालीमा गत बुधबार ४७५ को मृत्यु भएको थियो भने ४ हजार २७० जना नयाँ संक्रमित भेटिएका थिए । बिहीबार ४२७ जनाको मृत्यु र ५ हजार ३२२ जना नयाँ संक्रमित भेटिएका थिए । शुक्रबार ६२७ जनाको ज्यान गएको थियो भने ५ हजार ९८६ जना नयाँ संक्रमित भेटिएका थिए ।

हालसम्म इटालीमा ५३ हजारभन्दा बढीलाई कोरोनाको संक्रमण भएको छ । तीमध्ये ६ हजार ७२ जना निको भएका छन् । अहिले इटालीमा २ हजार ८५७ जना गम्भीर अवस्था गम्भीर रहेका छ । कोराेनाको उद्गम स्थल चीनमा भने हालसम्म ८१ हजार ८ संक्रमित भए पनि अहिले ७१ हजार ७४० जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् ।

कोरोना भाइरसको बढी मृत्यु र संक्रमण भएको देशको तेस्रो नम्बरमा इरान र चौथो नम्बरमा स्पेन पर्छ । अहिलेसम्म इरानमा १ हजार ५५६ मृत्यु भएको छ भने २० हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै स्पेनमा अहिलेसम्म १ हजार ३७८ को मृत्यु भएको भने २५ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् ।

यो पनि पढ्नुहोस  नेपालमा हुने भ्याक्सिनको ट्रायल

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १८५ भन्दा बढी देशमा फैलिसकेको छ ।चीनमा भने मृत्युदर निकै कम भएर गएको छ । चीनमा बुधबार चीनमा ८, बिहीबार ३ र शुक्रबार ७ जनाकाे ज्यान गएकाे थियाे ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस