-आयुष ढुङ्गेल
काठमाडौंः संसारभर फैलिरहेको कोरोना भाइरसको त्रासका कारण सरकारले विभिन्न तहमा अध्यन गर्ने विद्यार्थीको परिक्षा अनिश्चत समयको लागि स्थगित गरेसँगै शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेसँगै काठमाण्डौं छाड्ने सर्वसाधारणको चाप बढेको छ । कोरोना भाइरस संक्रमणको त्रासले शिक्षण संस्था बन्द र एसइई परिक्षा लगायत विश्वविद्यालयबाट लिइने परिक्षा स्थगित गरीएको थियो । त्यस पश्चात काठमाण्डौं बाहिरीने यात्रुहरुको संख्या झन् बढेको छ । महानगरिय ट्राफिक प्रहरी वृत्तका गोंगबु नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार अन्य दिनको तुलनामा बिहिबारबाट बाहिर जाने यात्रुको चाप बढेको छ । बालबालिकाको बिदा भएकाले होला उनले भने, ‘गाउँ फर्किनेहरु बढेका छन् ।
हरेका वर्ष चैत महिनाको तुलना गर्ने हो भने यस वर्ष नयाँ बसपार्कबाट छुट्ने बसहरु यात्रुले दशै–तिहार झै भरिएको देखिन्छ । महानगरिय ट्राफिक महाशाखा अनुसार काठमाडौं उपत्यका प्रवेश गर्ने ६ वटा नाकाबाट बिहिबार मात्रै करिब २ लाख यात्रु बाहिरीएको अनुमान छ । ती सवारी भित्रिने बुधबार ९१ हजार यात्रु बाहिरीएका थिए । प्राय कोरोनाको सन्त्रासबाट जोगिन बाहिरीएका छन् ।

जुम्ला खलंगाका दिर्घ सीजाली कोरोनाले वृद्ध र बालबालिकाहरुलाई बढी असर गर्ने भएकाले आफुहरु बालबालिकाको परिक्षा सकिएसँगै घर फर्किन लागेको बताए । कोरोनाको त्रासले हामी काठमाडौं छोड्न बाध्य भएका छौ । उनले भने, ‘यस्तो संकटकालका बेला काठमाडौं किन बस्नु’ । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालले बाहिरिनेको चाप बढेको छ । शनिबार आइतबार यो संख्या बढ्ने अनुमान छ । दशैतिहारको जस्तो खाली हुने अवस्था त आउदैन होला, उनले भने, बाहिरिनेको चाप बढेसँगै सरकारले रुट परमिट लिन नपर्ने व्यवस्था गरेको समेत जानकारी गराए।
एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा टिकटमा कालोबजारी सुरू भएको छ । यात्रुले बढी भाडा तिनुपर्ने समस्या देखिन थालेको छ ।
तोकिएको भाडाभन्दा बढी असुल्न धेरै यातायात व्यवसायीहरु अग्रसर भइसकेकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ । नभए काउन्टर बाहिर भेटिने दलालहरुले ठग्न सक्छन् भने ब्ल्याकमा टिकट किन्ने चक्करमा लाग्दा ठूलो रकम खर्चनुपर्ने स्थिति आउन सक्छ ।
त्यसैले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ । डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिनसक्ने विभागले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, नयाँ बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा, पुरानो बसपार्क र सुन्धारामाअनुगमन बढाएको छ । ट्राफिक प्रहरीले सर्वसाधारण यात्रीहरुलाई सुरक्षा दिने, तोकिएको भाडादर भन्दा बढी लिए/नलिएको हेर्ने, फर्जी टिकट काट्ने व्यक्ति माथि निगरानी राख्ने, यात्रुका समस्याहरु सुन्ने तथा समाधान गर्ने लगायतका काम गरिरहेका छन् ।
Bhadadar-2075-06-07-1-1

