काठमाडौं। सरकारको कोरोनाबाट अतिप्रभावित खाडी र यूरोपियन मुलुकमा रहेका नेपालीलाई समेत नेपाल आउन प्रतिबन्ध लगाएको छ । कोरोनाको संक्रमण फैलन नदिन तत्कालको लागि नेपालीलाई समेत नेपाल आउन प्रतिबनध लागाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
कोरोना भित्रिन नदिने सरकारको रणनीति अनुसार अनुसार मार्च २० देखि अप्रिल १५ सम्म यूरोपका सबै मुलुक, पश्चिम एसियालगायत मलेसिया र खाडी क्षेत्रमा रहेका नेपालीहरु, इरान, टर्की, दक्षिण कोरिया, जापानबाट सोझै आउन नपाउने भएका छन् ।
ती मुलुकलाई ट्रान्जिट बनाई अन्य मुलुकबाट आउन समेत प्रतिबन्ध लगाइएको छ । सरकारको यो निर्णयप्रति विदेशमा रहेका नेपालीहरुले आलोचना गरिरहेका छन् ।
अन्य मुलुकले आफ्ना देशका नागरिकलाई फर्काएर क्वारेटाइनमा राखेको अवस्थामा सरकारले आफ्ना नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउनु उचित नभएको भन्दै उनीहरुले आलोचना गरेका हुन् ।
यात्रु आवागमनसँगै सरकारले अन्तर्राष्ट्रिय उडानसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।