राष्ट्रियसभा बैठक भोलि पनि बस्ने

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

काठमाडौं । राष्ट्रिय सभाको बैठक भोलि पनि बस्ने भएको छ । सरकारले २५ जनाभन्दा बढी सामूहिक भेटघाटमा प्रतिबन्ध लगाएका कारण संसदको बैठकसमेत रोक्नुपर्ने माग उठिरहेका बेला राष्ट्रियसभाको बैठक भोलिका लागि पनि बोलाइएको छ ।

हालसम्म संसद स्थगन गर्ने निर्णय नभएका कारण भोलिका लागि बैठक आह्वान गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सचिवालयले जनाएको छ । बिहीबार भने राष्ट्रियसभा सदस्यको तापक्रम जाँचेर मात्र बैठकमा प्रवेश दिइएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठक पनि बोलाइएको छ । संसद स्थगन गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार दिउँसो राजनीतिक दलहरुसँग परामर्श गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा २५ जना भन्दा बढी उपस्थित भएकै कारण स्थगित भएको छ । ४५ मिनेटसम्म बसेको बैठक सरकारले दिएको निर्देशन विपरीत भएको भन्दै सांसदहरुले निरन्तर प्रश्न उठाएपछि सभापति शशी श्रेष्ठले स्थगित गरेकी हुन् ।

यो पनि पढ्नुहोस  लकडाउनले रोकिएका १० हजार विदेशी के गर्दैछन् ? सयौं पयर्टक हिमाली क्षेत्रमै अलपत्र

बिहीबार नै प्रतिनिधिसभाकै कानुन न्याय तथा मानव अधिकार समितिको पनि बैठक बस्यो । २५ जना भन्दा कम उपस्थिति भएका कारण बैठक स्थगित नगरिएको समिति सभापति कृष्ण भक्त पोखरेलले जानकारी दिए ।

नेकपा सांसद विजय सुब्बाले संसद बैठक स्थगित गरे पनि संसदीय समितिहरुको बैठक नरोक्न प्रस्ताव गरेका छन् । ‘सरकारका कामकारबाहीबारे खबरदारी गर्ने र जनताको आवाज राख्ने ठाउँ बन्द गर्न हुन्न । बरु २५ भन्दा कम बसौं तर, मिनी संसद नरोकौं’ उनले भने ।

मानव अधिकार समितिका सभापति पोखरेलले संसदीय समितिमा २५ जना भन्दा कम उपस्थित भएर बैठक चलाउन सकिने बताए ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  प्रचण्डलाई लक्षित गर्दै राष्ट्रियसभा गृहमा जुत्ता प्रहार,जुत्ता हान्ने व्यक्तिको खुल्यो परिचय

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस