कोरोना त्रास : ८ दिनमा ५३ विदेशीलाई विमानस्थलबाटै डिपोर्ट

डिपोर्ट हुनेमा चिनियाँ र फ्रान्सेली नागरिक बढी

600
शेयर

पढ्ने समय: 3 मिनेट/-

काठमान्डौ। कोरोना भाइरसको संक्रमण विश्वव्यापीरुपमा बढ्दै गएको बेला नेपाल सरकारले ५३ जना विदेशी नागरिकलाई नेपालको विमानस्थलबाटै फिर्ता पठाइदिएको छ ।

विभिन्न देशबाट नेपाल आएका उनीहरुलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले नेपाल प्रवेशमा रोक लगाएर उनीहरुलाई फिर्ता पठाइदिएको हो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यका अनुसार मार्च १० देखि मार्च १७ अर्थात् ८ दिनको अवधिमा ५३ जना विदेशी नागरिकलाई अध्यागमन चेकजाँचकै क्रममा फिर्ता पठाइएको छ ।

उनीहरुमध्ये अधिकांशले नेपाल प्रवेश गर्नका लागि आवश्यक स्वास्थ्य परीक्षण रिपोर्ट नल्याएको कारण फिर्ता पठाइएको हो । सरकारले विभिन्न देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरेपछि पनि भिसा नलिई नेपाल प्रवेश गर्न खोजेका केहीलाई पनि फिर्ता पठाइएको छ ।

८ दिनको अवधिमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फिर्ता पठाएका विदेशी नागरिकमध्ये ३२ जना विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण रिपोर्ट नभएको कारण फिर्ता पठाइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले रातोपाटीलाई बताए । त्यसैगरी १७ जना विदेशी नागरिकलाई भिसा नलिई नेपाल प्रवेश गरेको भन्दै विमानस्थलबाटै फिर्ता पठाइएको छ । बाँकी ४ जना विदेशी नागरिकलाई भने ‘इमिग्रेसन रिजन’ भन्दै फिर्ता पठाइएको अध्यागमन कार्यालय एअरपोर्टले जनाएको छ ।

रोना भाइरसको संक्रमण विश्वव्यापीरुपमा बढ्दै गएको बेला नेपाल सरकारले ५३ जना विदेशी नागरिकलाई नेपालको विमानस्थलबाटै फिर्ता पठाइदिएको छ।
विभिन्न देशबाट नेपाल आएका उनीहरुलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले नेपाल प्रवेशमा रोक लगाएर उनीहरुलाई फिर्ता पठाइदिएको हो ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यका अनुसार मार्च १० देखि मार्च १७ अर्थात् ८ दिनको अवधिमा ५३ जना विदेशी नागरिकलाई अध्यागमन चेकजाँचकै क्रममा फिर्ता पठाइएको छ ।

उनीहरुमध्ये अधिकांशले नेपाल प्रवेश गर्नका लागि आवश्यक स्वास्थ्य परीक्षण रिपोर्ट नल्याएको कारण फिर्ता पठाइएको हो । सरकारले विभिन्न देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरेपछि पनि भिसा नलिई नेपाल प्रवेश गर्न खोजेका केहीलाई पनि फिर्ता पठाइएको छ ।

यो पनि पढ्नुहोस  कञ्चनपुरबाट ६ घण्टामा १३ हजार नेपाल भित्रिए

८ दिनको अवधिमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फिर्ता पठाएका विदेशी नागरिकमध्ये ३२ जना विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण रिपोर्ट नभएको कारण फिर्ता पठाइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले रातोपाटीलाई बताए । त्यसैगरी १७ जना विदेशी नागरिकलाई भिसा नलिई नेपाल प्रवेश गरेको भन्दै विमानस्थलबाटै फिर्ता पठाइएको छ । बाँकी ४ जना विदेशी नागरिकलाई भने ‘इमिग्रेसन रिजन’ भन्दै फिर्ता पठाइएको अध्यागमन कार्यालय एअरपोर्टले जनाएको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाटै फिर्ता पठाइएकामध्ये चीन र फ्रान्सबाट आएका नागरिकहरु बढी छन् । अध्यागमन कार्यालयका अनुसार चीन र फ्रान्सबाट आएका ७–७ जना नागरिकलाई विमानस्थलबाटै फिर्ता पठाइएको छ ।

त्यसैगरी जापान र बेलायतबाट आउने ६–६ जना नागरिकलाई पनि विमानस्थलबाटै फिर्ता पठाइएको छ । अन्य देशका नागरिकमध्ये अष्टे«लियाबाट आएका ५ जना, भुटानबाट आएका ४ जना, अमेरिका र नेदरल्याण्डबाट आएका ३–३ जनालाई विमानस्थलबाटै डिपोर्ट गरिएको छ ।

त्यसैगरी चेक रिपब्लिक र इटालीबाट आएका २–२ जना विदेशीलाई विमानस्थलबाटै डिपोर्ट गरी फिर्ता पठाइएको अध्यागमन कार्यालयले जनाएको छ । त्यस्तै क्यानडा, मेक्सिको, अफगानिस्तान, भारत, हङकङ र मलेसियाबाट आएका १–१ जनालाई पनि विमानस्थलबाटै फिर्ता पठाइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले एअरपोर्टबाटै डिपोर्ट गरेकामध्ये बेलायतबाट आएका ६ जना गैरआवासीय नेपाली नागरिक हुन् ।

यो पनि पढ्नुहोस  सञ्चारमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रियसभा अवरुद्ध

त्यसैगरी अष्ट्रेलियाबाट नेपाल आएका ४ जना नागरिक पनि गैर अवासीय नेपाली नै हुन् । अध्यागमन कार्यालयले एअरपोर्टबाटै डिपोर्ट गरेकामध्ये एकजना अमेरिकी नागरिक पनि गैर आवासीय नेपाली नागरिक नै हुन् ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार पछिल्ला १७ दिनमा नेपाल आएकामध्ये अधिकांश नेपाली नागरिक रहेका छन् । अध्यागमन कार्यालयका अनुसार मार्चको पहिलो दिन अर्थात् मार्च १ तारिखदेखि मार्चको १७ तारिखसम्म हवाई मार्ग हुँदै नेपाल प्रवेशको सङ्ख्या ७५ हजार ७५ जना रहेको छ । जसमध्ये ५० हजार ८ सय ३६ जना नेपाली नागरिक रहेका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस