चितवनमा ७२ घण्टामा तयार भयो ५० शैयाको अस्पताल

अस्पताल निर्माणको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी खटिए

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

चितवन। कोरोना भाइरस संक्रमितको लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारबाट सञ्चालनमा आउने भएको छ ।

भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइराखेको अस्पतालमा ५० शैयाको क्षमतामा शुक्रबारबाटै ओपोडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । कोरोना नियन्त्रण कार्यदलको बिहीबार बसेको वैठकले काम तीब्र गतीमा वढेकाले शुक्रबारबाट सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिनु भयो ।

७० शैयाको अस्पताल निर्माण गर्ने तयारी रहेको छ प्रमुख दाहालले भन्नु भयो अहिलेलाई ओपीडी सेवा हुने छ त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आइसियु सेवा दिने गरी तयारी तीब्र पारेको उहाले जानकारी दिनुभयो ।

कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले भन्नुभयो,प्रदर्शनी केन्द्रको तीन वटै भवन प्रयोग गर्नु परेमा तीनसय वेड क्षमताको अस्पताल निर्माण गर्न सक्नेछौ । तत्काल ७० शैया क्षमताको निर्माण गरिने छ त्यसपछि आवश्यकताको आधारमा थपिदै जाने योजना रहेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस  त्रिभुवन विश्वविद्यालयले परीक्षा स्थगित नगर्ने

अस्पतालमा खटिने स्वास्थ्यकर्मीको पनि व्यवस्था भइसकेको महानगर प्रमुख दाहालले जानकारी दिनु भयो । शुक्रबार १४ जना जनशक्ति अस्पतालमा खटिनेछन् । विरामीको चाप र आवश्यकता अनुसार जनशक्ति र उपकरणहरु थपिदै लैजाने उहाले बताउनुभयो ।
महामारीका रुपमा फैलिदै गएको कोरोना संक्रमणलाइ रोक्न र विरामी भएमा उपचारको लागि अलगै अस्पताल निर्माण गर्ने निर्णय भरतपुर महानगरपालिकाले गरेको थियो । ७२ घण्टा भित्र अस्पताल निर्माण गर्ने घोषणा गरेसंगै अस्पताल सोही समय भित्र सञ्चालनको तयारी गरिएको छ ।

बिहीबार वसेको कार्यदलको वैठकले शुक्रबारबाट चितवनमा सञ्चालन हुदै आएको हाटबजार र केबुलकारपनि बन्द गर्ने निर्णय भएको कार्यदलका सदस्य नारायण अधिकारीले जानकारी दिनुभयो । अस्पताल निर्माणको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  'अमेरिकन आइडल'को उपविजेता भए नेपालका दिवेश पोखरेल

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस