–आयुष ढुंगेल
काठमाण्डौ । बुधबार सोल्ठिमोडमा ढाँढण धार्मिक महोत्सब सम्पन्न भएको छ। अखिल भारतीय ढाँढण महोत्सब समिति कलकत्ता र श्री दादि परिवार नेपालको आयोजनामा आफ्नो स्थापना बर्षमा आयोजना गरिएको हो।

सन् २०१३ मा भारतमा स्थापाना भएको उक्त सस्थाले यसभन्दा अगाडी भारतको चारधाम,बनारस हुदै नेपालमा सहित सातौ पटक पुगेको हो तर नेपालमा भने यस्तो धार्मिक कार्यक्रम पहिलो चोटी हो। राजस्थानामा रहेको ढाँढण सक्तिपिठ देवीको प्रतिमाको आराधना स्वरुप यो महोत्सब योजना गरिएको अध्यक्ष ले बताउनु भयो। ५१/५१ मिटरका दुइ ओत चुन्नारी देवीलाई भेटि चढाउने कार्य यस महोत्सबको मुख्य आकर्षण रहेको संयोजक नारायण बजाजले जानकारी दिनु भयो।
यस महोत्सवको लागि भारतका विभिन्न ठाउबाट चार सय देखि पाँच सयको संख्यामा श्रद्वालु भक्तजन आएका छन। यसका लागि दान्देविको प्रतिमालाई पनि नेपाल ल्याइएको र हिजो मंगलबार पशुपतिको शिवलिङ्ग सगै राखेर पुजा गरिएको थियो। विश्वमा कोरोना भाइरसको त्रास र संक्रमण फैलिरहेको बेला नेपाल धार्मिक पर्यटकको लागि सुरक्षित स्थान रहेको आयोजकको भनाइ छ।

यो महोत्सव हरेक वर्ष नया नया सक्तिपिठमा आयोजना गरिने गरिएको छ। यसै अनुरुप अर्को वर्ष भारतको हरियाणा स्थित बैष्णव देबीको सक्तिपीठमा हुने जनाइएको छ। यो बिशेष गरेर हिन्दु धर्मावलम्बी अन्तर्गत बजाज,भारतीय र नेपालमा रहेका मारवाडी समुदायमा प्रचलित छ।

