कोरोना प्रभाव : ‘लक्का–जवान’ फ्लिम रिलिज स्थगित

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

काठमाण्डौ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको डब्लूएचओले बताएपछि अहिले हरेकको मनमा त्रास उत्पन्न भएको छ । कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले भीडभाड हुने कार्यक्रम नगर्न र दर्शकको चाप रहने हलमा नजान पटक-पटक आग्रह गरिरहेको छ । जसकारण अहिले हलमा दर्शकको उपस्थिति टिठलाग्दो छ ।

हलमा दर्शक पातलिन थालेपछि अहिले एकपछि अर्को नेपाली फिल्मले प्रदर्शन स्थगित गरिरहेका छन् । दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै फागुन ३० लाई रिलिज क्यालेन्डर राजिएको ‘म यस्तो गीत गाउँछु २’ र चैत ७ मा प्रदर्शन हुने तरखरमा रहेको ‘नीरफूल’ ले प्रदर्शन मिति स्थगित गरे । यस्तैमा कोरोना भाइरसको त्रासका कारण फिल्म ‘लक्का–जवान’ पनि पछाडि धकेलिएको छ ।

यही चैत २१ मा आउने तयारीमा रहेको यो फिल्मको प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको निर्माता किरण केसीले जानकारी दिए । ‘कोरोनाका कारण अहिले डरै डर छ । सरकारले समेत सिनेमा हलमा नजान आग्रह गरेको अवस्थामा अब सर्नुको विकल्प भएन ।’ शिवहरी पौडेलको डेब्यू निर्देशित फिल्ममा १ करोड ९२ लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् ।

यो पनि पढ्नुहोस  नयाँ फिल्मका लागि करिनाले आफ्नो २० वर्षे करिअरको लागि गरिन् नयाँ काम

उनले अर्को वर्षको भदौमा फिल्म प्रदर्शन गर्ने तयारी भैरहेको बताए । ‘लक्का–जवान’ को दुई गीत गीत यूट्युबमा सार्वजनिक भैसकेका छन् । गीतले फिल्मको हाइप औसत चुल्याएको अवस्थामा कोरोना भाइरसका कारण रिलिज सार्नु पर्दा निर्मातामाथि दोहोरो खर्चको भार थपिने पक्का छ । योभन्दा ठूलो चिन्ता निर्माण टिमलाई नयाँ प्रदर्शन मितिमा फिल्म चल्छ वा चल्दैन भन्ने छ ।

दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहेको फिल्मले पाका उमेरका मानिसहरुको कथा भन्छ । ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको ‘लक्का जवान’ को कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल छन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  अब विदेशी सिनेमालाई कोटा प्रणालीः सञ्चारमन्त्री बाँस्कोटा

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस