काठमाडौं। युथ क्रिएसन नेपालको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल- २०२० र मिस्टर एन्ड मिस एसईई बेस्ट मोडल अफ द एयर- २०२० को पहिलो अडिसन सम्पन्न भएको छ।
दोस्रो चरणको अडिसन चैत १५ मा हुनेछ। अविवाहित युवायुवतीले प्रतियोगितामा भाग लिन पाउने युथ क्रिएसनका अध्यक्ष रवि लामा तामाङले बताए। उनले अन्य सौन्दर्य प्रतियोगिताभन्दा भिन्न तरिकाले प्रतिभाको मूल्यांकन हुने बताए।
प्रतियोगितामा भाग लिन १६ देखि ३० वर्षसम्मका युवायुवतीले आवेदन दिन सक्ने छन्। न्यूनतम उचाइ पाँच फिट तोकिएको छ। अडिसनबाट छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, रनवे मोडलिङ, फेसनलगायतका प्रशिक्षणसहित आगामी वैशाख २६ मा अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ।
दुवै प्रतियोगिताका शीर्ष, फस्ट रनर अप र सेकेन्ड रनर अपले सिल्भर क्राउन, आकर्षक गिफ्टका साथै विभिन्न अवसर पुरस्कारका रूपमा जित्न सक्ने संयोजक सहदेव वैद्यले जानकारी दिए।