पेट्रोलको मुल्य घटे पनि पम्पमा उपभोक्ताको लाइन

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाण्डौ। कोरोनाका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटेपनि नेपाली बजारमा भने यसको अभाव देखिएको छ। राजधानीका विभिन्न पेट्रोल पम्पमा उपभोक्ताहरु घन्टौं लाइन बस्न बाध्य भएका छन्।

अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा पर्ने भएपछि व्यवसायीले ग्यास, पेट्रोलको कृत्रिम अभाव सिर्जना गरी मौकाको फाइदा उठाउन थालेका छन्। नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मटीतेलतर्फ प्रतिलिटर दुई रुपैयाँ र आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर चार रुपैयाँ ५० पैसा मूल्य घटाएको हो।

सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य एक सय ६ रुपैयाँ, डिजेल र मटीतेलको मूल्य ९५ रुपैयाँ कायम गरिएको छ। यसअघि पेट्रोलको मूल्य प्रतिलिटर एक सय आठ र डिजेल तथा मटीतेलको ९७ रुपैयाँ थियो। यस्तै आन्तरिकतर्फको हवाई इन्धनतर्फ चार रुपैयाँ ५० पैसा मूल्य घटाएर हवाई इन्धनको मूल्य ९० रुपैयाँ कायम गरिएको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस