उपत्यकामा १२० आईसीयू र १ हजार आइसोलेटेड बेड बनाउने निर्णय

600
शेयर

पढ्ने समय: 2 मिनेट/-

काठमाडौंं । सरकारको काठमाडौं उपत्यकामा १२० र बाहिर १०० आईसीयू बेड तयार पार्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले उपत्यकामा आईसूयी बेड बनाउने अस्पतालहरु पनि तोकेको छ ।

जसअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०÷२० वटा आईसीयू वेड बनाइनेछ । यस्तै प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर उपत्यका बाहिर १०० आईसीयू बेड तयारी गरिनेछ ।

बैठकले उपत्यकामा १ हजारसम्म आइसोलेटेड बेड बनाउने निर्णय गरेको एक अधिकारीले जानकारी दिए । जसअनुसार कीर्तिपुर आयुर्वेदिक अस्पतालमा २००, खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा १००, पाटन अस्पतालमा ७० र नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्पतालमा १००/१०० आइसोलेटेड बेड बनाइनेछ । यस्तै भक्तपुरको तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनाराणस्थित सुकुम्बासी आवासमा २८० वटा आइसोलेटेड बेड बनाइनेछ ।

यो पनि पढ्नुहोस  लिम्पियाधुरा समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन

बैठकले कोरोनाको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुलाई भत्ता दिने, २० हजार थान सेफ्टी किट (पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट), १० हजार डाइग्नोस्टिक किट र एक हजार थान थर्मल गन खरिद गर्ने निर्णय भएको छ । यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत खरिद गरिनेछ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै आन्तरिक उडान भर्ने विमानस्थलमा प्रस्थान गर्ने यात्रुहरुको पनि स्क्यान गर्ने निर्णय भएको छ । भारतसँगको सीमा नाकामा कडाई गर्दै यसलाई सीमित संख्यामा झार्न परराष्ट्र मन्त्रालयले भारतसँग समन्वय गर्ने निर्णय भएको छ ।

समन्वय समितिको बैठकले कोरोनालाई पनि कडा रोकेको सूचीमा राख्ने निर्णय गरेको छ । यो निर्णयसँगै कोरोना संक्रमणका कारण कुनै व्यक्तिको मृत्यु भयो र उनी सञ्चय कोषका बचतकर्ता रहेछन् भने परिवारले १० लाख रुपैयाँ सहयोग पाउनेछन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
यो पनि पढ्नुहोस  कोरियन फिल्म प्यारासाइटले ओस्कारमा बनायो इतिहास

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस