डिजेल, पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ घट्यो

कोरोना संक्रमणले विश्व अर्थतन्त्रमा परेको प्रभावका कारण भारी गिरावट

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले मध्य राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो ।

निगमले डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घट्दा एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने पुरानै कायम गरेको छ ।

नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेलमा प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर मूल्य तिर्नुपर्छ ।

कोरोना संक्रमणले विश्व अर्थतन्त्रमा परेको प्रभाव तथा साउदी अरेयिबा र एसियाबीचको तेलको मूल्यमा भएको होडबाजीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको थियो ।

यो पनि पढ्नुहोस  लोकसेवा आयोगको चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित !

अन्तर्राष्ट्रिय बजारमा घटेको तेलको मूल्यको असर नेपालमा पनि देखिने भन्दै पेट्रोलियम व्यवसायीले निगमसंग कम परिमाणमा तेल खरिद गर्दा काठमाडौं लगायतका शहरमा तेलको अभाव देखिएको थियो ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस