अमेरिकाको मिसौरीमा भएको गोलीकाण्डमा प्रहरी र बन्दुकधारीसहित पाँच जनाको मृत्यु

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

अमेरिकाको मिसौरीमा प्रहरी र बन्दुकधारीबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। एक बन्दुकधारीले मिसौरीस्थित ग्यास स्टेसनमा गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो।

सो घटनामा तीन जना सर्वसाधारणको पनि मृत्यु भएको स्प्रिङफिल्ड प्रहरी प्रमुख पल विलियम्सले जानकारी दिएका छन्। उक्त घटनामा एक प्रहरी अधिकारी र एक जना सर्वसाधारण घाइते भएको उनले बताए।

विलियम्सले भने, ‘आइतवार अबेर शहरमा गोली चलेको खवर प्रहरीमा आएको थियो। सोही क्रममा प्रत्यक्षदर्शीले एउटा कार कम एन्ड गो ग्यास स्टेसन एन्ड कन्भेनियन्स स्टोरमा ठोक्कीएको र एक बन्दुकधारीले स्टोरभित्र गएर ग्राहक तथा कर्मचारीलाई गोली प्रहार गर्न थालेको बताए।’

घटनास्थल पुगेका दुई प्रहरीमाथि बन्दुकधारीले गोली चलाएका थिए। त्यसपछि पुगेका प्रहरीले घाइते भएका उनीहरुलाइ बाहिर ल्याएका थिए। जहाँ तीन जना सर्वसाधारणको मृत्यु भइसकेको थियो। प्रहरी प्रमुख विलियम्सका अनुसार त्यतिबेलासम्म बन्दुकधारीको पनि मृत्यु भइसकेको थियो। उनले आफैँलाई गोली प्रहार गरेका थिए।

यो पनि पढ्नुहोस  पत्रकार खसोग्गीको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको फैसला

प्रहरी अधिकारी क्रिस्टोफर वेल्सको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको विलियम्सले जानकारी दिए। वेल्सले स्प्रिङफिल्ड प्रहरीमा साढे तीन वर्ष काम गरेको उनले बताए। घटनामा अर्का प्रहरी अधिकारी जोसिया ओभरटोन घाइते भएका छन्। घटनामा मारिएका सर्वसाधारणको भने तत्काल परिचय खुलाइएको छैन।

गोली प्रहारको उद्देश्यबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

यो पनि पढ्नुहोस