काठमान्डौ। ‘नाईं नभन्नू ल ४’ बाट नेपाली फिल्ममा भित्रिएकी अभिनेत्री आँचल शर्माले डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छन् । बिहीवार उनले प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा हिन्दू परम्पराअनुसार आँचल र उदिपले विवाह गरेका हुन् ।
अभिनेत्री आँचल शर्माले आफ्नो विवाहको तस्विरहरु इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् । उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै उदिपले बरमाला लगाएको र आफू दुलहीको भेषमा सझिएको केही तस्विरहरु साझेदार गरेकी छन् । तस्विरमा उनलाई कतै भावुक त कतै खुसी मुद्रामा देख्न सकिन्छ । उदिपले बरमाला लगाउँदै गर्दा उनी निकै प्रफुलित देखिएकी छन् ।
गत हप्ता आँचलले चिकित्सक डा. उदिप श्रेष्ठसँग विवाह गरिन्, त्यो पनि करोडौं खर्च गरेर । फेसबुकमा विवाहको तस्बिरहरु हालिन् । आँचलले विवाह गरेका उदीप श्रेष्ठको दोस्रो विवाह हो । उनको यसअघि विदेशीसँग विवाह भएको थियो । उदिपसँग धनसम्पत्तिका कारण नजिकिएको फिल्मि बजारमा हल्ला छ। उदिप धनी परिवारका हुन् ।
चलचित्र क्षेत्रमा नाम हुने तर दाम कमै हुने भएकाले पनि नायिकाहरु पैसावाल पुरुषसँग विवाह गर्दै आएका छन् । चलचित्रबाट नाम कमाउने र त्यही नामबाट धनाढ्य पुरुष खोज्ने परिपाठी समेत विकास भएको छ ।