पेटमा राखिएको ‘स्टेन्ट’ निकाल्न प्रधानमन्त्री आज बिहानै शिक्षण अस्पतालमा

600
शेयर

पढ्ने समय: < 1 मिनेट/-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार बिहानै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री अस्पतालमा गएका हुन् ।

केही फलोअप परीक्षण र स्टेन्ट निकालेपछि प्रधानमन्त्री निवासमा फर्किने प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओलीको गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

नौ दिन अस्पताल बसाइपछि शुक्रबार प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपनि प्रधानमन्त्रीलाई भेटघाट तथा छलफल बैठकहरु केही दिन कमै गर्न चिकित्सकले सुझाव दिएका छन् ।

ओलीले अस्पतालबाट फर्किएपछि शनिबार नेकपा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र आफ्ना सल्लाहकारसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओली आइतवार साँझ कोरोना विरुद्ध सहकार्य गर्न सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा सहभागी हुँदैछन् ।

तपाईंको प्रतिकृया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस  चैत ४ गतेदेखि अमेरिकी दूतावासले डीभी र गैरआप्रवासी भिसा आवेदन नलिने घोषणा

यो पनि पढ्नुहोस