कोरोनाको कहरमा खेलकुद

600
शेयर

पढ्ने समय: 3 मिनेट/-

पेरिस — कोरोना भाइरसका कारण बिहीबार मात्र इटाली र इंग्ल्यान्डबीचको सिक्स नेसन्स रग्बी युनियन रद्द भयो । डरलाग्डो यो भाइरसका कारण प्रभावित यो अर्को ठूलो खेल रह्यो । कोरोना भाइरस ८० देशमा फैलिइसकेको छ । यसबाट एक लाखभन्दा बढी प्रभावित भइसकेका छन् ।त्यसमध्ये पनि ३ हजार ४ सय ९५ को निधन समेत भइसकेको छ । विश्व खेलकुदलाई यसले कत्तिको प्रभाव पारेको छ त ? एएफपीले यसबारे गरेको सर्वेक्षण :

टोकियो ओलम्पिकअन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस बाचले टोकियो ओलम्पिक रद्द गर्ने वा सार्नेबारे अहिलेसम्म गहन छलफल नभएको बताएका छन् । उनले भनेका छन्, ‘भर्खरै बसेको ओलम्पिक कमिटीको बैठकमा प्रतियोगिता रद्द वा स्थगित गर्ने हो भने कुनै पनि प्रकारको छलफल भएन । म कुनै प्रकारको दुविधा सिर्जना गर्न चाहन्न । हामी सबै टोकियो ओलम्पिकको सफल आयोजनाका लागि दत्तचित्त छौं ।’ प्रतियोगिता जुलाई २४ देखि अगस्ट ९ सम्म जापानमा हुँदै छ ।
फुटबलयुरोपमा सबैभन्दा बढी कोरोना भाइरसबाट प्रभावित इटाली रहेको छ । त्यहाँ १ सय ९७ को मृत्यु भइसकेको छ । यहाँका जति पनि ठूला खेल प्रतियोगिता छन्, सबै अप्रिल ३ सम्मका लागि दर्शकरहित बन्द रंगशालामा आयोजना गर्न भनिएको छ । यसै साता मात्र इटाली कपको सेमिफाइनल रद्द गरियो । यस्तै सिरी ‘ए’ का अधिकांश खेल पनि हुन सकेन । त्यसमध्ये ५ खेल यसै साता हुने भनिएको छ । त्यसमा युभेन्ट्स र इन्टर मिलानबीचको खेल पनि छ । जापानको जे–लिगको सुरुआत पनि पछि सारिएको छ, मध्य मार्चसम्मका लागि । चीनले त घरेलु फुटबलका सबै खेल रद्द गरिसकेको छ । चीनमा फेब्रुअरी २२ बाट नयाँ फुटबल सिजन सुरु हुने कार्यक्रम थियो । स्विट्जरल्यान्डमा पनि सबै डिभिजनका फुटबल रद्द गरिएका छन्, मार्च २३ सम्मका लागि ।
भ्यालेन्सिया र एटलान्टाबीचको च्याम्पियन्स लिगको खेल पनि दर्शकबिना खेलाइने छ । यस्तै स्थिति युरोपा लिगमा इन्टर मिलान र गेटाफेबीचको खेल पनि हुनेछ ।
इंग्लिस प्रिमियर लिगमा पारम्परिक रूपमा खेल अगाडि खेलाडीले हात मिलाउने छैनन् । खेलअघि दुवै टिमका खेलाडी लहरै उभिने भने छन् । तर खेलाडीले एकआपसमा हात मिलाउने छैनन् । सिधै खेलका लागि तयार हुनेछन् । फिफा र एएफसीले पनि सन् २०२२ को विश्वकप र सन् २०२३ को एसिया कप छनोटका खेल पछि सार्ने निर्णय गरिसकेका छन् । हाललाई रद्द भएको यी खेलहरू मार्च २६ र ३१ मा हुने कार्यक्रम थियो । नेपालले अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्नुपर्ने विश्वकप छनोट र एसिया कप छनोटको खेल यही मितिमा थियो, जुन अहिलेलाई स्थगित गरिएको छ ।
अन्य

यो पनि पढ्नुहोस  कोरोना भाइरसबारे सोध्न सरकारले स्थापना गर्यो २४ घन्टे कल सेन्टर,१११५ नम्बरमा कल गर्न सकिने

चाइनिज फर्मुला वन ग्राँपी अब हुने छैन । यस्तै कतार मोटो जीपी र थाइल्यान्ड मोटो जीपी पनि हुने छैनन् । गल्फतर्फ युरोपेली टुर प्रमुखले मलेसिया र चीनमा हुने प्रतियोगिता पछाडि सारिएको बताएका छन् । यूएस एलपीजीए टुरका सुरुआती केही स्पर्धा पनि रद्द भएका छन् । टेनिसको डेविस कप छनोटको इटाली र दक्षिण कोरिया तथा जापान र इक्वेडरबीचको खेल बन्द रंगशालामा हुनेछ । बास्केटबल अफ्रिकी लिग अब पछि मात्र हुनेछ भने एथलेटिक्सतर्फ वर्ल्ड इन्डोर च्याम्पियनसिप अर्को वर्ष मात्र गरिनेछ ।
क्रिकेटनेपालको एभरेस्ट प्रिमियर लिग (ईपीएल) रद्द भएको छ, जुन मार्च १४ बाट सुरु हुने भनिएको थियो । चौथो संस्करणको ट्वान्टी–२० प्रतियोगितामा वेस्ट इन्डिजका क्रिस गेलले खेल्ने कार्यक्रम थियो । प्रतियोगितामा अफगानिस्तानका मोहम्मद सेहजाद र श्रीलंकाका उपुल थरङगाले पनि खेल्ने भएका थिए ।

यो पनि पढ्नुहोस  रियल मड्रिड सर्वाधिक समर्थक हुने क्लब
- Advertisment -

प्रमुख समाचार

स्थायी कमिटीमा ओली र प्रचण्डले भने हामि मिलेर जान्छौं

सत्तारूढ नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकै स्वरमा आफूहरूले पार्टीलाई...

एकै दिन ४४८ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ५ हजार...

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या...

दुई सिफ्टमा सरकारी तथा निजी कार्यालयहरु सञ्चालन हुन निर्देशन

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ङ्क तथा वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस