डा. आयरा मजगैया
धेरै भयो आजकल गित संगीतमा देखिनुहुन्न?
– हो आजकल नयाँ गितको लागि अलि ब्यस्त भएकाले देखिएकी छैन।
संगीत रुचि वा बाध्यता?
– रुचि, बाध्यता हुने कुरै भएन।
तपाईंको घर?
-दोलखा, सुन्दर नगरी दोलखाको दक्षिण भाग शैलुङ्ग गाउपालिकामा पर्छ।
अहिले कता बस्नुहुन्छ?
– भक्तपुर, सस्कृतिले भरिएको ठाउँ।
गित गाउने संगै अन्य केहि गर्नुहुन्छ?
– टेक्नोलोजी समन्धी अफिस छ, साथै उत्पादन समन्धि आत्मनिर्भर बनौ भन्ने हो।

तपाइलाई मनपर्ने ठाउँ?
– शैलुङ्गको सय थुम्का, जहाँ पुग्दा वास्तविक अझ भनौ नमरी स्वर्ग देखिने ठाउँ।
कस्ता मनिस प्रती तपाइको सहयोग सहानुभूति हुन्छ?
– शारीरिक रुपमा अशक्त प्रती मेरो सहानुभूति हुन्छ साथै केही गरौ भन्ने अठोट बोकेका मानिसलाई म सहयोग गर्न रुचाउछु।
पर्यटन बर्ष नजिकिदै गर्दा तपाईलाई कसैले घुम्न जाने सल्लाह माग्दा कहाँ जान सल्लाह दिनुहुन्छ?
– दोलखा एकपटक जसरिपनी जानुहोस भन्छु। दोलखा भिमसेन मन्दिर, त्रीपुराशुन्दरी, बिगु गुम्बा, लामबगर, जिरी, कालिन्चोक, शैलुङ्ग, रमणीय ठाउँ छ।

Hi suneeti u are good and i like your every word like u are beautifull